आज बिहान ४.३ अछाममा भूकम्प
काठमाडौं, ५ चैत। आज फेरी बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्याएरनपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भएरनभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ । यसको लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयले सोधखोज गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्