राधी विद्युत कम्पनीको स्थगित विशेष साधारण सभा चैत ११ मा हुने
काठमाडौं,४ चैत । राधी विद्युत कम्पनीको आइतबार चैत ३ गते बस्ने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । सभामा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको कम्पनीले जनाएको छ । आइतबारको सभा स्थगित भएकाले कम्पनीले पुनः चैत ११ गते विशेष साधारण सभा डाकेको छ ।
कम्पनीले यस अघि राखेका सबै एजेन्डाहरु यथावत राख्दै चैत ११ का लागि सभा बोलाइएको कम्पनीले प्रकाशित गरेको सूचनामा जनाएको छ । सभा हिमशिखर पार्टी भेन्यु चापागाँउ ललितपुरमा बिहान बिहान ८ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्