क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोली बाँडफाँट हुने
काठमाडौं,४ चैत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोली अर्थात ५ गते मंगलबार बाँडफाँट हुने भएको छ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट हुने जनाइएको छ ।
कम्पनीले फागुन २२ गतेदेखि १८ लाख ४५ हजार कित्ता रु १०० अंकित मूल्यमा आईपीओ जारी गरेको थियो ।
कम्पनीले कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याएको छ । ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता म्युचुअल फण्डहरूका लागि सुरक्षित गरिएको छ । बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यस सेयरमा पनि जम्मा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्। भने बाँकीको हात खाली हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्