फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं,३ फागुन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आजदेखि ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस सेयरको लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत १७ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्