नेप्सेको सीईओमा ५ जनाको भिडन्त

काठमाडौं, ३ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको हो।

सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। उनीहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेकाले सर्टलिस्ट गरिएको समितिले जानकारी दिएको छ।

साथै उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ। अन्तर्वार्ता बिहान ७ बजेदेखि नै शुरू हुने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्