८ वटा विकास बैंकको लाभांश, नगद र बोनस घोषणा
काठमाडौं, ३ चैत । हालसम्म ८ वटा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले हाल कायम चुक्ता पुँजीको आधारमा सेयरधनीलाई लाभांश दिने निर्णय गरेका हुन्।
हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकहरुमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक हुन् । ग्रिन डेभलपमेन्ट बैंक बाहेक लाभांश घोषणा गरेका सबै विकास बैकले बुक क्लोज गरिसकेका छन् । यीमध्ये अधिकांश विकास बैंकले साधारण सभा पनि सम्पन्न गरिसकेका छन् ।
नगद र बोनस कुनको कति?
ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये ५.७५ प्रतिशत बोनश सेयर रहेको छ भने कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये ७ प्रतिशत बोनश सेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश रहेको छ ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश सेयर रहेको छ भने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश रहेको छ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये ९.५०७९ प्रतिशत बोनश सेयर रहेको छ भने कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद लाभांश रहेको छ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश सेयर रहेको छ भने कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांश रहेको छ । सांग्रिला डभेलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ३.६५ प्रतिशत बोनश सेयर रहेको छ भने ०.१९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले यस वर्ष बोनश सेयर नदिने निर्णय गरेको छ ।
लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश सेयर रहेको छ भने ४ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने जनाएको छ ।






















प्रतिक्रिया दिनुहोस्