अमेरिकाको ट्रम्प प्रशासनले ३१ देशलाई रेड, अरेन्ज र एल्लो गरेर ३ ‘हिट लिस्ट’ मा राख्यो

काठमाडौं, ३ चैत । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि शुरु भएको विश्वव्यापी हलचल रोकिने छाँट देखिएको छैन । त्यसैक्रममा अमेरिकाले विश्वका ३१ देशका नागरिकलाई ‘हिट लिस्ट’मा राखेर भिषा नीति लागू गरेको छ ।

नेपालीहरुको लागि खुसीको कुरा के छ भने दक्षिण एशियाका भुटान, पाकिस्तानसहित अफगानिस्तान र म्यान्मार जस्ता देशहरुलाई उक्त लिस्टमा समावेश गरिंदा नेपाल भने त्यस भित्र परेको छैन । त्यसको अर्थ अमेरिकाले भिषाको लागि कडाई गरे पनि उस्को ‘हिट लिस्ट’मा नेपाली नागरिकहरु परेका छैनन्, नेपाल परेको छैन । नेपाल र नेपालीको लागि यो केही हदसम्मको सुखद कुरा हो ।

भिषाको लागि कडाई गरिएका ३१ देशलाई रेड, अरेन्ज र एल्लो समुहमा राखिएको छ ।

पूर्णरुपमा भिषा प्रतिवन्ध लगाइएको देशहरुलाई रेड लिस्टमा, आंशिकरुपमा भिषा प्रतिवन्ध लगाइएका देशहरुलाई अरेन्ज र ६० दिनसम्मको मात्रै भिषा दिइने, त्यहाँभन्दा बढीको भिषा नदिने देशहरुलाई एल्लो ग्रुपमा राखिएको छ ।

रेड लिस्टमा ११ वटा देश छन् । जस्मा भुटान, अफगानिस्तान, उत्तर कोरिया, क्युवा, यमन, इरान, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र लिबिया रहेका छन् ।

त्यस्तै अरेन्ज लिष्टमा पाकिस्तान, इरिट्रिया, बेलारुस, रुस, हैटी, सियरालियोन, लाओस, दक्षिणी सुडान, म्यान्मार र तुर्केमिनिस्तान गरी १० देश रहेका छन् ।

यल्लो लिस्टमा कम्बोडिया, अंगोला, बुर्किनापासो, बर्बुडा, बेनिन, गुयना, जाम्बिया, लाइबेरिया, मलाबी र माली रहेका छन् ।

स्मरणरहोस् अमेरिकाको भिजिटर लगायत कुनै पनि गैर आप्रवासी श्रेणीको भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता सोही श्रेणीको भिसा नविकरण गर्ने सुविधा ट्रम्प प्रशासनले खारेज गर्दै १२ महिनामा झारेको छ । अब यो सुविधा खारेज गरेर भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र सोही श्रेणीको गैर आप्रवासी भिसा दूतावासमा अन्तरवार्ता दिन नगई ड्रपबक्स सुविधाबाट प्रदान गर्न सकिने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्