राजावादी समूहको नारायणहिटी दरबार अगाडी प्रदर्शन
काठमाडौं, २ चैत । राजावादी पक्षधर समूहले शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार अगाडी प्रदर्शन गरेका हुन् ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शनलाई तीव्र बनाएका छन् । गत साता पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने क्रममा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत राजावादीहरुले ठूलो प्रदशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्