तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं, २ चैत। काठमाडौं, तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रा१ख २६२२ नम्बरको टिपरले प्र३(०२(००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका(११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका(६ का रमेश तामाङको मृत्यु भएको हो ।
टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्