समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने

काठमाडौं,१ चैत । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन आगामी चैत १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने भएको छ ।

शुक्रवार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निस्कर्ष निकालिएको बताए । उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए ।

विश्वकर्माले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने बताए ।

उनले संसदवादी दलहरु र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्