जनकपुरबाट राजविराज जाँदै गरेको बस धनुषामा दुर्घटना

काठमाडौं,१ चैत । धनुषामा बस दुर्घटना भएको छ । बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजको लागि छुटेको ना।५ ख। १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मालटोल नजिक पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

कार्यालयका अनुसार बसमा करिब ५० जना सवार रहेका थिए । ‘दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । हामी यात्रुको संख्या एकिन गरिरहेका छौं । ५–६ जना गम्भीर प्रकृतिका घाइते छन्,’ ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले भने ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जनकपुर पठाइएको उनले बताए । बसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरि रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्