स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँने, धेरै आवेदकको हात खाली

काठमाडौं,२८ फागुन । स्वरोजगार लघुवित्तको एफपीओ भोली बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

स्वरोजगारको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। किनभने यसमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।

यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्