ङादी ग्रुप पावरको सर्वसाधारण समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं,२८ फागुन । ङादी ग्रुप पावरको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । यस सेयरको लागि आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २० गतेदेखि सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री खुला गरेको हो ।

ङादी यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी हुन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले रहेको छ ।
यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता)हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बाग्लुुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्