बारामा बस दुर्घटना, स्कुटर चालक घाइते
काठमाडौं,२८ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ ।
बाराका प्रहरीका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनाको जानकारी पाउने बित्तिकै अमलेखगञ्जबाट बरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली खटिएको छ । घटना कसरी भयो भन्ने सम्बन्धमा प्रहरीले अध्ययन गरि रहेको पनि बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्