ज्योति विकास बैंकका ग्राहकहरुलाई डेकोर प्यालसमा विशेष छुट

काठमाडौं,२७ फागुन । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँ बजारस्थित डेकोर प्यालेसमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

डेकोर प्यालेसमा घर तथा अफिसहरुको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामाग्री उपलब्ध गराउने गर्दछ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरु “क्लव हिमालाय” र “होटल हिमालय भिल्ला” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन सहज र सवल बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ । सधै परिवर्तनको पक्षमा ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको यस बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५४ वटा न्यानो नानी मार्फत हरेक वर्ष १९९८ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जिवन रक्षण गर्ने प्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरि रहेको छ ।

यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पुरा गर्दै गत आ.व.मा ४० करोड कर तिर्नुको साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म पन्ध्र करोड कर स्वरूप बुझाइसकेको छ ।

बैंकको उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्