जनताको असन्तुष्टिलाई समयमै बुझी नागरिक समाजसँग संवाद गरौं : कांग्रेस महामन्त्री थापा

काठमाडौं,२७ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए । समयमै जनताका असन्तुष्टि लाई नजर अन्दाज गर्न नहुनेमा उनले जोड दिदै भने ।

जनता असन्तुष्ट छन्, त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’ थापाले भने ।

सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने सुझाए ।

नागरिकको ठूलो पंक्ति जो हिजोको २०६२/०६३ को जनआन्दोलनमा हामीसँग उभियो थियो परिवर्नतमा हामीलाई साथ दियो र आज रिसाएको छ, आज असन्तुष्ट छ । त्यो आक्रोशित नागरिक पंक्तिको कुरा सुन्नुपर्छ । उनीहरूसँग संवाद गर्नुपर्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्