आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,२७ फागुन । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । यस सेयर खरिदको लागि आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २११ रुपैयाँ तोकिएको छ भने यसै मूल्यलाई टेकेर लगानीकर्ताले लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिनु पर्ने छ । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्