सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं,२७ फागुन । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ३९ हजार ९४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु मध्यबाट आजको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्