यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,२७ फागुन । नेप्सेमा सूचीकृत २ कम्पनीको लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् ।
सिटिजन लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
नेष्डो समृद्ध लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको हो । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ ।
आजसम्म कायम सेयरधनीले यी दई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्