स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमााडौं, २७ फागुन। स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

आगामी चैत ५ गते हुने निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको हुँदा आज उम्मेदवारी दर्ता हुँदै छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

 

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्