स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त
काठमााडौं, २७ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त भएका छन् । सरकारले गठन गरेको सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्लेलाई सरकारलले कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । यसअघि डा.काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी समेत भएका थिए ।
बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम पनि उनैले सुरु गरेका थिए ।
डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए । उनको कार्यकालमा बीमा बोर्डले फड्को मार्ने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्