क्रेस्ट माइक्रो लाइफको आईपीओमा १३ गुणा बढी आवेदन

काठमाडौं,२६ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने १८ लाख ६४ हजार भन्दा धेरैको हात खाली हुने भएको छ । इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकीसम्ममा कम्पनीको शेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदनबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परिसकेको छ । आजसम्ममा इन्स्योरेन्सको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको शेयर माग गरिएको हो ।

कम्पनीले फागुन २२ गतेदेखि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्