सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं,२६ फागुन । नेपाल स्टक एक्सचेञ्जमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपछि इन्स्योरेन्सको शेयर मूल्य ४३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । नेप्सेले यस दिन इन्स्योरेन्सको १।२४८९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४४२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो ।
यसै समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले चैत ८ गते, शुक्रबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १।२४८९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्