उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात
काठमाडौं, २६ फागुन। आज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।मानवीय तथा अन्य क्षतिबाट बच्नको लागि विभागले सर्तक रहन आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्