पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै

काठमाडौं, २५ फागनु। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।
आज पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।सबैलाइृ सर्तक रहन पनि विभागले आगूह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्