चम्किएका सन्दिपले दिल्लीलाइ जिताए, मुम्बईलाई आईपीएलबाट आउट गराए

काठमाडौं । मुम्बईकों तीन विकेट लिएका सन्दिप लामिछानेले आजको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । आफ्नो टिम दिल्ली डेयरडेभिल्सले पनि आईपीएलबाट सम्मानजनक तरिकाबाट बिदा भएको छ ।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएर मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो ।
दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्रा , हर्शल पटेलले समान ३/३/३ विकेट र ट्रेण्ट बोल्टले १ विकेट लिएका थिए ।

४ ओभर बलिङ गरेका सन्दीपले ३ विकेट लिएर ३६ रन खर्चिएका छन् ।
उनले मुम्बईविरुद्धको खेलमा पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।

१० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् । त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस्