आज १५१ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै
काठमाडौं, २४ फागुन। आज १५१ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै छ । अन्तरराष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र सङ्घले ‘सबै महिला तथा बालिकाको लागिस्अधिकार, समानता र सशक्तिकरण’ भन्ने आदर्श वाक्य तय गरेको छ ।
आज अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) सन् १८५७ मा अमेरिकाको गार्मेन्ट कारखानामा काम गर्ने श्रमिक महिलाले निश्चित कार्य घण्टा, समान कामको लागि समान ज्याला, मातृशिशुको सुरक्षा र अधिकार, महिला मजदुरलाई ट्रेड युनियनको अधिकार लगायतका मागसहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो ।
त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मन समाजवादी महिला नेतृ क्लारा जेट्किनले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवस रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
यसरी मार्च ८ विश्वभरका श्रमिक महिलाले आफ्नो स्वतन्त्रता, समानता र उन्मुक्तिको प्रतीकको रूपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्रसंघले सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने घोषणा गर्यो ।
नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च पहिलोपटक २०१७ सालमा धनकुटाका शिक्षिकाले मनाउन थालेको इतिहास बोकेको यो दिवस २०३५÷३६ को विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिलाबीच मनाउन थालेको पाइन्छ । २०४७ सालमा बहुदलीय व्यवस्था स्थापना भएपश्चात् सरकारी तहबाट महिला दिवस मनाउन थालियो । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि आयोगको तत्वावधानमा श्रमिक महिला दिवसको रूपमा मनाइयो ।
महिलाको अधिकारका क्षेत्रमा कार्यरत संघरसंस्थाहरू महिला दिवस मनाउँदै आइरहेका छन्। यस्तै नेपालमा महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक समानताको नारा लिएर हरेक वर्ष सरकारी तथा गैरसरकारी तहबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउने परम्परा बसिसकेको छ ।
पछिल्ला दशकमा नेपालमा महिलाको सशक्तीकरण, सामाजिक र आर्थिक रूपान्तरण तथा राजनीतिमा सहभागिताका लागि आ(आफ्नो क्षेत्रबाट हजारौं महिलाले अत्यन्त महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । परिणामस्वरुप अहिले नेपालको महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ ।
महिलालाई कुनै ठाउँमा कुनै पनि किसिमका भेदभाव, दुर्व्यवहार र हिंसाबाट मुक्त बनाएपछि मात्र देश र समाज समृद्ध हुन्छ । घरपरिवार, समाज र राष्ट्रलाई लैंगिक रुपमा विभेद मुक्त बनाउँदा मात्रै अन्तर्राष्ट्रिय महिला दिवसले सार्थकता पाउनेछ । यसलाई नै मार्च ८ मनाएको सान्दभिक हुन्छ । १५१ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा राष्ट्रपतिले सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्