वाटर इनर्जी सोलुसनले आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लग्दै

काठमाडौं,२३ फागुन । वाटर इनर्जी सोलुसन लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुर बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्