उदयपुरमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु, चालक प्रहरीको नियन्त्रण
काठमाडौं,२३ फागुन । उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सडकको छेउमा उभिएका दुई दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो ।
सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले बताए ।
बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएम गेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप चालक त्रियुगा नगरपालिका ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्