नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट
काठमाडौं,२३ फागुन । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आईपीओ आज विहान बाँडफाँट भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तर भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो भएको छ । कुल आवेदनमध्ये ८ हजार ४५२ जनाको आवेदन भने रद्द भएको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरो शेयरबाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्