बसन्तपुरमा होलीको चीर ठड्याइयो, होली औपचारिक रुपमा सुरु
काठमाडौं, २३ फागुन । यस वर्षको होली (फागु पुर्णिमा)पर्व र्आपचारिक रुपमा सुरु भएको छ ।
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइए पछि होली (फागु पुर्णिमा)पर्व औपचारिक रुपमा सुरु हुने परम्परा छ ।
आज बिहान काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।
चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।
आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याइ दाह गरेपछि होली समाप्त हुन्छ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ।
यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २९ गते तराई मधेसका जिल्लाहरूमा चैत १ गते होली पर्व परेको छ। यो पर्व तराईका वासिन्दाका लागि ठूलो पर्व छ । यसले सबै परिवारमा हर्षउल्लाससहित बनाउने गरिन्छ ।















प्रतिक्रिया दिनुहोस्