सन्दीप चम्कीए दुई ओभरमा मुम्वाइ इण्डियनको तिन विकेट खसाले
आइपिएलको तेस्रो खेल खेल्न पाएका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई ओभर बलिङमा तीन विकेट लिएका छन्। अहिले भइरहेको मुम्बईविरूद्ध खेलमा उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट गरेका छन् ।
यादवले सन्दीपको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए। पहिलो ओभरमा उनले १३ रन खर्चिए भने सन्दीपको चौथो बलमा यादव आउट भए । नबौ ओभरको खेल सुरु हूँदा सन्दिपले दोस्रो ओभरको लागि बलिङमा उत्रेका सन्दीपले पहिलो बलमा केरन पोलार्डलाई आउट गरे । चौथो ओभरमा उनले कुर्नाल पाण्डेलाई आउट पारे। यो ओभरमा उनले ६ रन खर्चिएका छन्। अहिले यो समाचार तया गर्दा सम्म सन्दिपले चार ओभर बलिङ गरिसकेका छन् भने मुम्वाइ इण्डियन्सले सत्र ओभरमा ७ विकेटको क्षतिमा १३७ रन जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्