प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा जान लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन्।
सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यतालिका रहेको छ। लगत्तै उनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन्।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीलाई स्वागत गर्ने छन् भने लगतै विशेष सम्बोधन गर्ने छन्।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लिइने छ।















प्रतिक्रिया दिनुहोस्