क्रेष्ट माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन
काठमाडौं,२२ फागुन । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज पहिलो दिन साझसम्ममा ६ लाख ६५ हजार ४८८ जना सर्वसाधारण आवेदकहरुले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आइपिओ आवेदन मागभन्दा ३.१८ गुणा बढी हो ।
क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यस आइपिओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।















प्रतिक्रिया दिनुहोस्