युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं,२२ फागुन । नेपाल स्टक एक्सचेन्जमा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ६८१।७३ रुपैयाँ कायम भएको छ । अब आइतबार सोही मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।















प्रतिक्रिया दिनुहोस्