कांग्रेस बलियो भए देश समृद्ध बन्न सक्छ : देउवा
काठमाडौं,२२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए नेपाल समृद्ध बन्न सक्ने बताएका छन्।
देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहीबार आयोजित भूतपूर्व सैनिक संघको छैटौं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहका क्रममा भनेका हुन्। ।
लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली कांग्रेस पार्टी बलियो हुन्छ । कांग्रेस बलियो पार्टी भएमात्रै देश समृद्ध बन्छ ।
सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।
प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले महत्त्वपूर्ण योगदान गरेको सो कार्यक्रममा बताए ।
प्रतिक्रिया दिनुहोस्