शेयर बजार क्रमशः समालिदै, १० अर्ब बढीको कारोबार, आईतबारबाट बढ्ने अपेक्षा

काठमाडौं, २२ फागुन । चौथो दिन शेयर बजार समालिएको छ। गएको सोमबारदेखि लगातार घटेको शेयर बजार बिहीबार आएर समालिन खोज्यो।

बिहीबार वाणिज्य बैंक सहित तीन समूह बढेका कारण सूचकमा धेरै प्रेसर पर्न पाएन। बिहीबार वाणिज्य बैंक ०।०३ विकास बैंक १.८६ उत्पादन तथा प्रशोधन ०।२४ र लघुवित्त ०।०५ प्रतिशतले बढे।

बिहीबार शेयर बजारमा दिन भरिनै उतार चढाव देखियो। कहिले हरियो हुने त कहिले रातो हुने क्रम दिन भरिनै दोहोरियो। तर अन्तिममा भने सूचक झिनो अंकको गिरावट सँगै बन्द भयो। बिहीबार सूचक २।७० अंकले घटेर २८१८.४३ अंकमा बन्द भयो। शेयर बजार लगातार घटेको बिहीबार चौथो दिन हो।

बिहीबार कारोबार मापक सूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन एक करोड ९० लाख कित्ता शेयर १० अर्ब १० करोड रुपैयाँमा किनबेच भए। जुन बुधवारको तुलनामा बढी हो। बुधवार १० अर्ब ९ करोडको शेयर किनबेच भएका थिए।

बिहीबार १० प्रतिशतले बढ्ने दुई कम्पनी छन्। जसमा गर्डियन माइक्रो इन्स्योरेन्स र भूगोल इनर्जी हुन्। यसैगरी एनबिए डिबेन्चर १० प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस्