नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रबार हुने
काठमाडौं,२२ फागुन । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओको बाँडफाँट यही फागुन २३ गते, शुक्रबार बिहान ८:३० बजे हुने भएको छ । आईपीओ बाँडफाँट निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा आयोजना गरिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये, १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर विदेशमा रोजगार रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो । त्यस्तै, ३ प्रतिशत (६७ हजार ५०० कित्ता) कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) म्युचुअल फन्डहरूका लागि सुरक्षित गरिएको थियो। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको थियो ।
सीडीएससीका अनुसार, आईपीओका लागि १९ लाख २ हजार ९८४ जना आवेदकले कुल २४ करोड ५० लाख ४ हजार ३१० कित्ता सेयरका लागि आवेदन दिएका छन्। जसको कुल मूल्य २ अर्ब ४५ करोड रुपैयाँ पुग्छ ।
उक्त तथ्यांकलाई आधार मान्दा १८ लाख ४५ हजार कित्ता सेयरमा करिब १३।२८ गुणा बढी आवेदन परेको छ । आवेदनको अत्यधिक चापका कारण लक्की ड्र मार्फत मात्र आईपीओ बाँडफाँट हुनेछ । जसअनुसार, जम्मा १ लाख ८४ हजार ५०० जना भाग्यशाली आवेदकले मात्र कम्पनीको सेयर प्राप्त गर्नेछन्। ।
अत्यधिक आवेदन परेका कारण नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा थोरै सर्वसाधारण लगानीकर्ता मात्र प्राप्त गर्नेछन् ।















प्रतिक्रिया दिनुहोस्