एमबीएल इक्विटी फन्डमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं,२२ फागुन । माछापुच्छ्रे क्यापिटलले आज फागुन २२ गते बिहीबारदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको हो ।

यस योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि बढिमा १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जारी गरेको सूचना जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्