स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,२२ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको फागुन २० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा हो । संस्थाले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सो मध्येमा १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्