कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं, २२ फागुन । अहिले पनिनेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा मौसम सभा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्