तनहुँमा बन्चरो प्रहारबाट एक महिलाको हत्या
काठमाडौं,२१ फागनु । तनहुँमा बन्चरो प्रहार गरी महिलाको हत्या रेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका-९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् । शंकरले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए छ ।
कुमाल विरुद्ध तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।















प्रतिक्रिया दिनुहोस्