स्वरोजगार लघुवित्तको एफपीओमा माग भन्दा ११९.८४ गुणा बढीको आवेदन
काठमाडौं,२१ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भर्ने १८ लाख ६२ हजार भन्दा धेरै जनाको हात खाली हुने भएको छ । लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा करिब १२० गुणा बढी आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिइएको छ । यस कम्पनीको एफपीओ भर्ने १९ हजार ५७७ जनाले मात्र शेयर पाउनेछन् ।
लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्