जेलेन्स्कीले फेरि छलफल गर्न तयार भएको पत्र पठाए, के होला त ट्रम्प सङ्ग पुनः वार्ता ?
काठमाडौं,२१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः छलफलमा बस्न तयार रहेको जानकारी दिएर पत्र पठाएको बताएका छन्।
बुधबार युएस कंग्रेसलाई संवोधन गर्दै ट्रम्पले जेलेन्स्की पुनः छलफल गर्न तयार रहेको र सो ब्यहोराको पत्रबारे केही अघिमात्रै आफूले जानकारी पाएको बताएका हुन्।
युक्रेनको सुरक्षा र खनिज सम्झौता विषयमा जुनसुकै बेला पनि गर्न तयार छु । युक्रेनमा युक्रेनीहरूभन्दा बढी शान्ति अरू चाहँदैनन्। त्यसैले सक्दो चाँडो फेरि छलफलमा बस्न तयार आफु तयार रहेको भनी जेलेन्स्कीले पत्राचार गरेका छन् । राष्ट्रपनि ट्रम्पले कंग्रेसमा सो कुरा बताएका हुन् ।
पत्रमा जेलेन्स्कीले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकाले गरेको सहयोगको प्रंशसा गरेको पनि ट्रम्पले बताए । ट्रम्पको बलियो नेतृत्वसँग काम गर्न तयार भएको भनेका छन्। पत्र पठाउनू प्रंशसायोग्य छ ।
ट्रम्पले रूससँग पनि वार्ता गरिरहेको र रुस पनि शान्तिका लागि तयार छन् भन्ने प्रष्ट संकेत मिलिरहेको छ ।
गत शुक्रबार खनिज सम्झौता गर्न जेलेन्स्की वाशिङ्टन पुगेका थिए । ह्वाइट हाउसमा ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की परेपछि जेलेन्स्की त्यसै फर्केका थिए ।
जेलेन्स्की फर्केको ७२ घन्टापछि ट्रम्पले युक्रेनमा सैन्य सहायतामा अस्थायी रुपमा रोक लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्