पर्वतको सेतीवेणीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् ।
गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वत बिहादी गाउँपालिका(३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका(५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।
घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’ यसको लागि उद्धार गरपश्चात मात्र अुनुसन्धान गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्