स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं,२१ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ १८ गतेदेखि निष्काशन गरेको हो । सिडिएसले जनाए अनुसार मंगलबारसम्ममा लघुवित्तको एफपीओमा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन परिसकेको छ ।
यस एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म थप गरिने छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्