आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं,२० फागुन । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आजदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २११ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।















प्रतिक्रिया दिनुहोस्