ऋण तिर्नुपर्दैन भनेर भ्रम सिर्जना गर्नेलाई कानुनी कारवाहीमा पर्ने

काठमाडौं,१९ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा कानुन विपरित गतिविधि क्रियाकलाप गर्नेलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् । सहकारीबाट ऋण लिएर नतिर्नेले नै सहकारी गलत हुन् भनेर गलत प्रचार गरेको मन्त्रीले बताए । अब त्यस्ता भ्रम फैलाउनेहरूलाइ कार्वाहीको दायरामा ल्याउने उनले बताए ।

ऋण तिर्नुपर्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ, सहकारीबाट लगेको ऋण तिर्नुपर्दैन भन्ने भ्रममा नपर्नुहोस्, हामी छानबिन गरेर ऋण नतिर्नेलाई जसको नाममा ऋण छ उसको र एकाघरको परिवारको सम्पूर्णको सम्पत्ति रोक्का गरेर असुलउपर गर्नेछौँ । विधिविपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालक समेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने मन्त्रीले दाबी गरे । छोटो अवधिमा नै ६ हजार ६०० भन्दा बढी बचतकर्ताको रकम फिर्ता भएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा रहेको पनि उनले बताए ।

सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याएको छ । सहकारी नियमन प्राधिकरणलाई सरकारले अध्यादेशमार्फत अघि बढाएको, सूचना केन्द्र परिचालनको व्यवस्था, कोष खडा गर्ने व्यवस्था गर्दै न्यायाधिकरणलाई समेत अघि बढेको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्