नेपाल दलित महिला उत्थान केन्द्रकाे २५ औँ साधारणसभा सम्पन्न
काठमाडौं, १९ फागुन । नेपाल दलित महिला उत्थानकेन्द्रले फाल्गुन १७ गते शनिवार आफ्नाे २५ औँ साधारणसभा सम्पन्न गरेकाे छ । संस्थाकी अध्यक्ष राजन विश्वकर्माकाे अध्यक्षतामा संस्थाको कार्यालय मण्डिखाटार, काठमाडौमा भएकाे साधारणसभाले नयाँ कार्यसमिती समेत चयन गर्दै बिभिन्न निर्णयहरु पारित गरेकाे छ ।
साधारणसभाले अध्यक्षमा पुन: राजन विश्वकर्मालाई सर्वसम्मत निर्वाचित गरेकाे छ भने उपाध्यक्षमा पुर्वसांसद अन्जना विसंखे, सचिवमा रत्ना विश्वकर्मा, काेषाध्यक्षमा शान्ती वर्मालाई चयन गरेकाे छ । यसैगरी सदस्यहरुमा पुर्वसांसद कमला विश्वकर्मा, सविता विष्ट, सरस्वती विश्वकर्मा, बेलकुमारी र सम्झना विकलाई निर्वाचित गरेकाे छ । यसैगरी सल्लाहकारमा विधानाथ काेइराला, नेपाली काँग्रेस सहमहामन्त्री जीवन परियार, पूर्व राजदुत पदम सुनदास र सरोजदिलु विश्वकर्मा लगायतलाई चयन गरेकाे छ ।
साधारणसभाले राजन विश्वकर्मा संग्राहय निर्माण गर्ने र विपन्न वालवालिकाहरुका लागि एउटा भवनमा विद्यालय संचालन गर्ने निर्णय समेत गरेकाे छ । याे नेपाल दलित महिला उत्थान केन्द्र दलित, विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सशक्तीकरण गर्न र तिनलाई हकअधिकारकाे वाेध गराउन विगत २५ वर्षदेखि कृयाशील संस्था हाे ।
प्रतिक्रिया दिनुहोस्