बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छः युक्रेनका राष्ट्रपति जेलेन्स्की

काठमाडौं,१९ फागुन । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्। शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल बिग्रिएको थियो । भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन्। ।

अमेरिकामा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने आफु विश्वस्त रहेको बताएका हुन्।  हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो, उनले भने ।

अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए । त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार नै छ जेलेन्स्कीले बताए ।

अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको जेलेन्स्कीले बताएका छन्। । उनी त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेका थिए । तर ओभल अफिसमा चर्काचर्की परेपछि सम्झौता हुन नसकेपछि जेलेन्स्की बाहिरिएका थिए ।

हामीले हस्ताक्षर गर्न तयार भएरै सम्झौता गर्ने विषयमा सहमत भएका हौं । अझै पनि खनिज सम्झौतामा हस्ताक्षर गर्न युक्रेन तयार छ र मलाई लाग्छ अमेरिका पनि तयार छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्